सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा भनिने मानबहादुर तामाङ चार दिनदेखि बेपत्ता छन् । आइतबार बेलुका पोखरा महानगरपालिका–१७ महतगौडास्थित नदीमा माछा मार्ने क्रममा उनीसहित मंगा तामाङ बेपत्ता भएका थिए ।
नदीमा मानिस बेपत्ता भएको खबरपछि उद्धारका लागि खटिएको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको नम्बर २४ कालिका गणको टोलीले मध्यरातको १ः१० बजे मंगा तामाङलाई मृत फेला पारेको थियो ।
पोखरा– १ सिम्पानी घर भएका मानबहादुर नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तामाङको परिवारले सेती नदीमा बनाइएको ड्याम खोलेर खोजी गर्न अनुरोध गरेपछि आज (बिहीबार) ड्याम खोलेर खोजी गरेपनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
तनहुँमा बीस रोपनी जमीनमा सागखेती
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
स्थायी नियुक्ति बदर गर्ने प्रदेश लोक सेवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ