‘बिग मार्ट’ पोखरामा एकसाथ पाँच शाखा विस्तार गर्दै

शाखा विस्तार

‘बिग मार्ट’ पोखरामा एकसाथ पाँच शाखा विस्तार गर्दै

सामान खरिदमा छुट र आकर्षक पुरस्कारको व्यवस्था

big-mart

पोखरा । बिगमार्टले पोखरामा ग्राण्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोरहरुको सञ्चालन गरिरहेको बिगमार्टले पोखराको बगर, सितलादेवी, राम बजार, फूलबारी र पर्स्याङमा एकैसाथ पाँचवटा नयाँ शाखा विस्तार गर्न लागेको हो ।

फागुन १९ गतेदेखि एकैसाथ पाँचवटा स्टोरको ग्राण्ड ओपनिङ गर्ने बिगमार्टले जनाएको छ । यस अवसरमा सामान खरिदमा भारी छुट र विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको मार्टले जनाएको छ।

जसमा नमस्ते पेबाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) छुट र ग्लोबल आइएमई बैंक, प्रभू बैंक र सिटिजन्स बैंकको डेबिट, क्रेडिट कार्ड तथा क्युआरबाट भुक्तानी गर्ने हरेक ग्राहकलाई १०% (रु. २०० सम्म) बिगमार्टले छुट दिने छ ।

बम्पर पुरस्कारमा एक जना भाग्यशाली ग्राहकले हिरो स्कुटर प्राप्त गर्ने पनि बिगमार्टले जनाएको छ । प्रत्येक रु. ७५० वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने मार्टले जनाएको छ ।

पोखरा क्षेत्रका ग्राहकहरू बिगमार्टको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds