काठमाडौँ महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत (आठौँ तह) सस्मिता घिमिरेले मेयर बालेन्द्र साह (बालेन) ले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन् ।
प्रशासनमा बिना कारण लामो समयदेखि जिम्मेदारीविहीन बनाएको आरोप लगाएकी छन् । उनले कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकोले बाध्य भई कानुनी र पेसागत हक, अधिकारको लागि लडाइँ सुरु गरेको बताएकी छन् ।
उनले आफू क्यान्सर सर्भाइभर रहेको र लोक सेवा पास गरेको राष्ट्रसेवक भएको जानकारी गराउँदै मेयर बालेनले बाहिरका आफू निकट वकिललाई करारमा राखी महानगरका कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको आरोप लगाएकी छन् ।
सामाजिक सञ्जालमा बुधवार स्टाटस लेख्दै घिमिरेले भनेकी छन्, ‘अहिले कामपामा कानुनमा दरबन्दी खाली राखिएको छ । कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसाबको जम्बो टोली मेयरले करारमा नियुक्ति गर्नु भएको छ। जसको प्रशासनिक खर्च वार्षिक लाखौँ हुन्छ ।
आफ्नो स्थायी कर्मचारीको स्वास्थ्य संबेदनसिलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र महिला कर्मचारी भएको नाताले कार्यालयगत हिंसा गर्नुको कारण के होला ??’
यस्तो छ सस्मिताको आरोप :
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो