नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।
यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।
उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल विहीबार हुँदैछ । ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते