पोखरा । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबीसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई मंगलबार अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । महासंघ प्रदेश र जिल्ला शाखाहरुले फोनिजको प्रदेश र सम्बन्धित शाखाहरुले सातदिने अल्टिमेटम र स्मरणपत्र बुझाए ।
फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङ र कास्की अध्यक्ष दिलप्रसाद गुरुङ नेतृत्व टीमले मंगलबार प्रदेश र जिल्लामार्फत महासंघ केन्द्रलाई पत्र बुझायो । महासंघ गण्डकीतर्फबाट महासचिव गोविन्द सुवेदी र कास्कीतर्फबाट विमला भण्डारीले पत्र बुझेका हुन् ।
फोनिज लामो समयदेखि नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन संघर्षरत छ ।
तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) का संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिजले पुनः स्मरणपत्र बुझाएको हो ।
२००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुनर्गठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत १६ गते पुनर्गठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायणबहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ ।
सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो ।
अल्टिमेटममा ७ दिनभित्र सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने चेतावनी दिइएको छ ।
महासंघ गण्डकी महासचिव सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाइ थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसबारे निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले फोनिजको मागसहितको ज्ञापनपत्र तत्काल केन्द्रमा पठाउने बताइन् । पत्रकारबीचको सद्भाव खलल हुन नदिन आफ्नोतर्फबाट प्रयास रहने उनले सुनाइन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने