पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् ।
गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् ।

भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।
चितवनका एसपी भावेश रिमालले घटनाबारे जानकारी नभएको बताए । ‘घटना हाम्रो नोटिसमा छैन ।’ ‘११ गते पूर्वराजारानीसहित १८ जनाको टोली काठमाडौं फर्किएको जानकारी छ तर त्यसबाहेक कुनै आधिकारिक जानकारी प्रहरीसँग छैन ।’: प्रहरी भन्छ ।
बागमती प्रदेशका डीआईजी विष्णु केसीले पनि सो घटना प्रहरीको जानकारीमा नभएको बताएका छन् ।
सम्बन्धित खबर
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्योः चालकको मृत्यु, सहचालक घाइते
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु