कैलालीमा उमेर नपुगेकी किशोरी गर्भवती, १८ वर्षीय किशोर फरार, भाउजु पक्राउ

कैलालीमा उमेर नपुगेकी किशोरी गर्भवती, १८ वर्षीय किशोर फरार, भाउजु पक्राउ

pregnancy

सांकेतिक तस्वीर

कैलालीमा एक १५ वर्षीया किशोरी गर्भवती भएकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ कि १५ वर्षीय किशोरी गर्भवती भएकि हुन्। उनी गर्भवती भएपछि घटनामा संलग्न विरुद्ध मुद्दा दर्ता गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो।

उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ। फागुन ७ गते मात्र घटना प्रहरीमा आएको हो। तर, किशोर फरार छन्।

चौमाला क्षेत्रका नेताहरुले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोप समेत लागेको छ।

  • महेन्द्रनगर पोष्टबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ