गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।
नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी र्यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो ।
नेपाल मगर संघको स्थापना दिवसको अवसरमा पोखरामा आयोजित ४२ औं मगर एकता दिवसको उद्घाटन पछि बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरण हुन आवश्यक रहेको बताए ।
कुनै पनि समुदायको कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्न नसके समाज परिवर्तन हुन नसक्ने मेयर आचार्यले बताए ।
‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण आवश्यक छ’, मेयर आचार्यले भने, ‘मगर भाषा अहिले पुस्तारण हुन सकेको छैन, मगर समुदायको भाषा संरक्षणको लागि कुनै पनि प्रस्ताव लिएर महानगर आउनुहोला हामी सहयोग गर्न तयार छौं ।’
उनले समाज समृद्धिका लागि भौतिक विकाससँगे समुदायको संरक्षणपनि त्यति नै आवश्यक रहेको बताए ।
‘हामीले विकास भनेको ठुलाठुला भवन, बाटोलाई सम्झिन्छौं, विकास भनेको भौतिक पूर्वाधार मात्र होइन’, उनले भने, ‘विकास भनेको समाज समृद्ध हुनका लागि मान्छे जन्मदादेखि मृत्यु हुँदा सम्मका संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नु पनि त्यो दिगो विकास हो ।’
उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै सबै जातजातिले आफ्नो कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षण र प्रवद्र्धन गर्न समेत आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख बासुदेव घिमिरेले समुदायको कला,संस्कृति, भेषभुषा पुस्तान्तरण नहुनु मुख्य समस्या भएको बताए ।
‘कुनै पनि समुदायको कला, संस्कृृति, भेषभुषा, भाषा लोप हुँदै गएको छ, यसको संरक्षणको दायित्व हामी सबैको हो’, घिमिरेले भने, ‘परिवर्तनसँगै इतिहासलाई विर्सन हुँदैन, बढ्दो आधुनिकतासँगै कला, संस्कृति, भाषा, भेषभुषा पुस्तान्तरण हुन पर्छ ।’
वि.स. २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।
नेपाल मगर संघ कास्कीको आयोजनामा पोखरामा सम्पन्न भएको ४२ औं मगर एकता दिवसमा निकालिएको झाँकी र्यालीमा नेपाल मगर संघ रामबजार इकाई प्रथम, चाउथे कमदमार्ग इकाई समिति द्धितीय, माटेपानी इकाई समिति तृतीय र अघौं, ढुङ्गेपाटन र सैनिक बस्ती इकाई समिति सान्त्वना भए ।
झाँकी र्यालीमा प्रथम, द्धितीय र तृतीय भएका इकाई समितिले क्रमशः १०, ७ र ५ हजार र सान्त्वना भएका इकाई समितिले क्रमशः २/२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्री, नेपाल मगर महिला संघका केन्द्रीय भाषिक उपाध्यक्ष फुलकुमारी थापामगर र नेपालमगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापामगर लगायतले ४२ औं मगर एकता दिवसको अवसरमा शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरका अध्यक्षता, उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरको स्वागत र सचिव लालबहादुर रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी