पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु

पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु

IMG_8002

पोखरा । सोमबारबाट पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । परिवर्तनको निर्देशनमा मञ्चन सुरु भएको नाटक बुकिङ शो मार्फत फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने जनाएको छ ।

पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शो मार्फत मञ्चन भएको छ । पहिलो शो पोखरा आर्दश माविका विद्यार्थीलाई देखाइएको थियो। उनीहरुले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे ।

दोस्रो शो मार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पेरित गर्ने उद्धेश्यले यो शो मार्फत मञ्चन गरिएको थियो ।

मञ्चन पश्चात नाटकलाई थप परिपक्क र आर्कषक बनाउन मञ्चन पश्चात अन्तरक्रिया समेत आयोजना गरियो । सहभागीले सम्रग विषयवस्तु नाटक टीमले गरेको मेहनतको खुलेर तारिफ गरे । नाटकले दिएको सन्देश, प्रस्तुती, विषयवस्तु, प्रयोग गरिएका सामाग्री समेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आर्कषित बनाउनका लागि गर्न सकिने सुझाब समेत राखे । उनीहरुले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै सुझाब दिएका थिए ।

नाटक विद्यार्थीको लागि उपयुक्त बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाब मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले खुलाए । उनीहरुका सुझाब सुनेपछि आएका केही सुझाबलाई सम्बोधन गर्ने प्रतिवद्धता निर्देशक परिवर्तनले जनाए ।

उनले नयाँ पुस्तामाझ नाटकलाई पु¥याउनका लागि पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटक प्रतिको आर्कषण बढाउन सफल भएको समेत बताए । यस अगाडि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाई समेत विद्यार्थीले रुचाएको उनको भनाई थियो ।

निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण भएको यो नाटकले सन्देश समेत बोकेकाले सबै दर्शककोे लागि उपयुक्त भएको बताए । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उनको विश्वास छ ।

नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । उनीहरुले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान तान्न सफल भएका छन् ।

नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पु¥याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ ।

सबै टीमको मेहनतका र नाटकप्रेमीको मायाको कारण मञ्चन सफल हुने अपेक्षा गरेको थिएटरका संस्थापक सदस्य दील प्रसाद गुरुङले बताए ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि तीन सय र पाँच सय रुपैयाँ शुल्क लाग्नेछ ।

नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शो बुकिङ भैरहेको पोखरा थिएटरले जनाएको छ । नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाएकाछन् ।

पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका अध्यक्ष समेत रहेका परिवर्तनले खुलाए । थिएटरले निरन्तर आयोजना गरिरहेको विद्यालय नाटक महोत्सवले समेतले पोखरा तथा समग्र गण्डकी प्रदेशका विद्यालयमा नाट्य गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds