पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पसले क्याम्पसस्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगिता गरेको छ । तीन वटा शीर्षकमा अंग्रेजी र नेपाली भाषामा लेख्न सकिने गरी सोमबार प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा क्याम्पसमा अध्ययनरत १६ जना विद्यार्थी सहभागी थिए । शैक्षिक क्षेत्रको सुधारमा विद्यार्थी संगठनको भूमिका, गणतन्त्रभित्र विद्यार्थी आन्दोलनको भूमिका र उच्च शिक्षाको खोजी कि विदेश पलायन ? मध्ये एउटा शीर्षकमा लेख्न सकिने गरेर प्रतियोगिता गरिएको थियो ।

प्रतियोगिताको आगामी १८ फागुन, शुक्रबार घोषणा गरिने क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए । पुरस्कार नगद वा शैक्षिक सामग्री के हुन्छ भन्ने गोप्य राखिएको छ ।
सोमबार आयोजित प्रतियोगिताका प्रमुख अतिथि अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले देशका हरेक आन्दोलनमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले उच्च शिक्षा र रोजगारीको खोजीमा युवाहरु विदेशीनु दुःखद भएको बताए ।
अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष आविष्कार केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष शिव पराजुली, सदस्य दुर्गा पौडेल, आदेश प्रधान, दिपेश पौडेल, पर्वत जिल्ला कमिटी सचिवालय सदस्य प्रसन्न रिजाललगायत सहभागी थिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो