सेतीमा माछा मार्न गएका एक जना मृत फेला, अर्का एक बेपत्ता

सेतीमा माछा मार्न गएका एक जना मृत फेला, अर्का एक बेपत्ता

death body

पोखरा । कास्कीको पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत भेटिएका छन् ।

माछा मार्न गएका ५ जनामध्ये नदीमा बगेर दुई जना बेपता भएका थिए। बेपत्ता भएका पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मङ्गा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले भेटाएको हो । एकै ठाँउका ४३ वर्षका रक्सेस तामाङ्गको भने खोजी भइरहेको छ ।

मृत भेटिएका मंगाको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ