सवारी ज्यान मुद्दामा फरार स्याङ्जाका सारु पक्राउ

सवारी ज्यान मुद्दामा फरार स्याङ्जाका सारु पक्राउ

sawari

स्याङ्जा । स्याङ्जा प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका हुमलाल सारुलाई पक्राउ गरेको छ ।

स्याङ्जा अदालतले सवारी ज्यान मुद्दामा गत असोज २२ गते एक महिना कैद तोकेपछी फरार रहेका गल्याङ नगरपालिका -८ का ४१ वर्षीय सारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

पक्राउ परेका सारुलाई अदालतमा पेश गरि कारागार स्याङ्जामा कैद भुक्तानका लागि पठाइएको निरीक्षक लामाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds