पोखरा । वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् ।
शनिबार अस्पतालमा भर्ना भएकी महिलाले छोरी जन्माएपछि सोही दिन बेलुकी नवजात शिशुलाई बेडमै छाडेर सुत्केरी र उनका परिवार फरार भएका हुन्।
अस्पताल प्रशासनका अनुसार नवजात शिशुलाई एनआईसियू वार्डमा राखिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी अस्पतालले जनाएको छ । अस्पतालको रेकर्डमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ ।
नवजात शिशुलाई बेडमै छाडेर आमासहित परिवार सम्पर्कविहीन भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । प्रहरीका अनुसार छोरी छाडेर फरार भएकी महिलाको यसअघि नै तीनजना छोरी रहेको खुलेको छ।
प्रसूति गराउन अस्पताल जाँदा महिलाको परिवारले अस्पतालको रजिस्टरमा नाम र ठेगाना नै गलत टिपाएको पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते