पोखरा । पोखरा महानगरपालिका– १० मा रहेको कामना टोल विकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल विकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारी संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ, सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका– १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेका भित्री सडकको स्तरोन्नतीमा ध्यान दिंदा अमरसिंह देखि कालिका स्कुल र हिमालय बैंक देखि वडा कार्यालय सम्मको सडक अलपत्र परेको बताए । आगामी वर्षभित्रमा उक्त सडकको स्तरोन्नती गर्ने उनको प्रतिवद्धता रहेको थियो ।
यसैबिच, संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पुनः कृष्ण बहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा जिवन वराल, सचिवमा डिल बहादुर कार्की, कोषाध्यक्षमा चन्द्र प्रसाद गुरुङ र सह–कोषाध्यक्षमा सुक बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा उमादेवी प्रधान, हुम कुमारी गुरुङ, डायमण्ड हमाल, रुद्र प्रसाद गुरुङ, राम प्यारी गुरुङ र राधा गुरुङ निर्वाचित भएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते