पोखरा । आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो ।
स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तृतीय हुने दुई जनाले २/२ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । पोखरा रंगशालास्थित कोर्टमा गएर वा स्क्वास राकेट एसोसिएसन कास्कीको फेसबुक पेजमा गएर त्यहाँ राखिएको लिंकमार्फत गुगल फारम भर्न सकिने एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए । आगामी १६ फागुनसम्म फारम भर्न सकिने छ ।
प्रतियोगितामा चार वटा विधामा ७० जना खेलाडी सहभागी हुने अनुमान छ ।
के हो स्क्वास ?
स्क्वास इन्डोर गेम हो । यसमा ¥याकेटको सहायताले रबर बललाई अगाडिको भित्तामा हानिन्छ । शारीरिक सक्रियता बढी हुने भएकाले यो खेल २० मिनेट खेल्नु र एक घण्टा दौडनु बराबर भएको मानिन्छ ।
सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो । बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारीशमशेर राणाले यो खेल नेपाल भित्र्याएका थिए । सन् १९८८ मा नेपाल स्क्वास तथा ¥याकेट संघ राखेपमा दर्ता भएको थियो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेल नेपालमा अन्य र्याकेट खेलसरह स्थापित हुन सकेको छैन ।
पोखरामा पनि स्क्वास खेल्न रंगशालाभित्र दुई वटा कोर्ट छन् । यो खेललाई चिनाउन प्रतियोगितापछि विद्यार्थीसम्म पुग्ने र खेलाडी उत्पादनमा जोड दिने अध्यक्ष पालिखेले बताए ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो