स्याङ्जाको चापाकोटमा सञ्चालित स्वर्गीय सन्तोष थापा स्मृति कप २०८० को भलिबल प्रतियोगितामा स्याङ्जालाई पराजित गर्दै बागलुङले उपाधि जित्न सफल भएको छ ।
आइतबार भएको फाइनलमा पहिलो सेट गुमाएपछी खेलमा फर्केर बागलुङले स्याङ्जालाई ३-१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले पराजित गरेर प्रथम स्व. सन्तोष थापा स्मृति कपको उपाधि हासिल गरेको हो ।
विजेता भएको बागलुङ जिल्लाले उपाधिसङ्गै १ लाख ५० हजार नगदसहित ट्रफी र मेडल, उपविजेता भएको स्याङ्जा जिल्लाले १ लाख नगदसहित ट्रफी र मेडल तथा तृतीय स्थान प्राप्त गरेको पर्वत जिल्लाले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका हुन् ।
त्यस्तै खेल अवधिमा उत्कृष्ट खेलाडी बनेका बागलुङका रवि के.सी., उत्कृष्ट स्पाईकर बागलुङका रेशम छन्त्याल, उत्कृष्ट ब्लकर पर्वतका रुपेन्द्र नेपाली, उत्कृष्ट सेटर बागलुङका मीन सुनार, उत्कृष्ट डिफेन्डर बागलुङका कुन्जन शाही र उत्कृष्ट सर्भर स्याङ्जाका बिजय थापा तथा उत्कृष्ट कोच बागलुङका सुरेन्द्र के.सी.ले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गरेका हुन् ।
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी नगर खेलकुद विकास समितिको समन्वयमा `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल्कुद´ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता गरिएको खेल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।
गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका-२ धुर्कोटका सन्तोष थापाको गत कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
आइतबारसम्म रहेको प्रथम सन्तोष थापा स्मृतिकपको आमन्त्रित जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, नवलपुर, तनहुँ, कास्की, बागलुङ र लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो