पोखरा । प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका– २६ सक्नेरीमा यही फागुुन १९ गते भजन चुुड्का प्रतियोगिता गरिने भएको छ ।
स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन चुड्का प्रतियोगिता गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूूल आयोजक समितिका संयोजक एवम् लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमल्सिनाले जानकारी दिए ।
संरक्षणको अभावमा मौलिक संस्कृतिहरू हराउँदै समाजमा विकृति विसंगति बढ्दै गएको वास्तविकतामा मौलिक संस्कृतिको जगेर्ना र उत्थानलाई जोड दिइएको उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा आर्थिक सहयोगका लागि विभिन्न निकायमा प्रस्ताव पेश गरिएको जानकारी गराउँदै संयोजक तिमल्सिनाले कुल पाँच लाख ५५ हजार रुपैयाँ संकल हुने अपेक्षा गरिएको बताए ।
प्रतियोगितामा तीन लाख ७० हजार रुपैयाँ खर्च हुने र बचत रकम स्थानीय संस्कृति, रितिरिवाजको संरक्षण एवम् सामाजिक काममा खर्च गरिने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उज्वल आमा समूहका उपाध्यक्ष शारदादेवी बराल, सचिव तारा शर्मा लगायतले लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको सहकार्यमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन लगायत विभिन्न सामाजिक काममा जोड दिइएको जानकारी गराए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते