पोखराबाट अवैध सामानसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बाग्लुङ बसपार्क बस्ने ५६ वर्षीय सुरतबहादुर रानाभाट छन् ।
बिहीबार उनको भाडाको घरमा छापा मार्दा ५ लाख २८ हजार ७१० रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जानकारी दिएकाे छ ।
कास्कीकै माछापुच्छ्रे गाउँपालिका–३ घाचोक स्थायी ठेगाना भएका रानाभाटले बिल नभएको चुरोट, गुट्खा, जुललगायतका सामान लुकाई राखेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए ।
ग १ च ३७२ नम्बरको मारुती कारसमेत नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए ।
ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा बिल नभएको समान फेला पारेपछि उनी बस्दै गरेको घरमा खानतलासी भएको थियो ।
खानतलासीको क्रममा ठूलो परिणाम बिल विनाको सामग्री फेला परेको हो ।
नियन्त्रणमा लिएको सामान, मारुती कारसहित रानाभाटलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको एसपी थापाले उल्लेख गरे ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते