दलाललाई झण्डै करोड बुझाएर अमेरिका छिरेका ८ नेपालीलाई विमान चार्टर गरी नेपाल फिर्ता

दलाललाई झण्डै करोड बुझाएर अमेरिका छिरेका ८ नेपालीलाई विमान चार्टर गरी नेपाल फिर्ता

illegal_bato_us

प्रतिनिधिमूलक तस्विर

अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्।

तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए।

८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो। नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ।

यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ