काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालाबारे बालकुमारी घटना जाँचबुझ प्रतिवेदन अध्ययन नगरी कुनै निर्णय नगर्ने भएको छ ।
एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री ज्वालाबारे सामान्य छलफल भए पनि पार्टीले त्यसमा कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘मन्त्री ज्वालाबारे बाहिर आएका विषयमा अनौपचारिक छलफल त हुने नै भयो तर कुनै निर्णय भएको छैन,’ खतिवडाले भने, ‘प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गर्दैछु, अध्ययन गरेर आवश्यक निर्णय गर्छु भनेपछि हामीले केही भन्न जरुरी पनि रहेन ।’ उनले बालकुमारी घटनामा एकपक्षीय ढङ्गले मन्त्री ज्वालालाई मात्र आरोपित गर्न खोजिएको आभास भएको भन्दै प्रतिवेदनमा के लेखिएको छ भनेर खुलिनसकेको बताए ।
‘प्रतिवेदनमा के लेखिएको छ त्यो हामीले पढ्न पनि पाएका छैनौँ । त्यो नपढी यसै हो भनेर भन्ने अवस्था छैन’, नेता खतिवडाले भने, ‘पहिला प्रतिवेदन सार्वजनिक होस, हेरौँ, पढौँ, बुझौँ त्यसपछि मात्र भन्न सकिन्छ ।’
उनले आयोगको प्रतिवेदनमाथि नै शंका व्यक्त गरे । भने, ‘त्यहाँ निकै ठुलो पूर्वाग्रह र चलखेल भएको हुनसक्छ भन्ने हाम्रो बुझाई पनि छ ।’
दुई महिनाअघि बालकुमारीमा भएको घटनामा दुई जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वाला सवार गाडी आगजनी भएको थियो । उक्त घटनाको जाँचबुझ गर्न पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा ज्यान जानेगरी घटना हुनुमा मन्त्री ज्वालाको कमजोरी देखिएकाले उनी समेत दोषी रहेको ठहर गरेको छ । सरकारले नै गठन गरेको आयोगको प्रतिवेदनले मन्त्री ज्वालालाई दोषी देखाएको अवस्थामा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भए पनि त्यसो नगरिएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
संसदमा ज्वालासहित भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरोध गरेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो