पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो ।
पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए ।
दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसी र रामघाट रामघाट एफसीबीच भएको खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा लामागाउँ गुम्बा एफसी ३–२ गोलले विजयी बन्यो ।
पेनाल्टी सुटआउटमा लामागाउँ एफसीका मनिष क्षेत्री, सनिम थापा र युनिक तामाङले गोल गरे । भने यस्तै रामघाट एफसीका अमृत कुँवरले गोल गर्दा लामागाउँका गोल किपर अञ्जन क्षेत्रीले राहुल गुरुङको पेनाल्टी विफल पारी दिए ।
सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र बीच भोलि बिहीबार प्रतिस्पर्धा हुने खेल संयोजक रामकाजी गुरुङले बताए ।
उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो