‘म पनि हिन्दू राष्ट्र पक्षधर हूँ’- सभापति देउवा

‘म पनि हिन्दू राष्ट्र पक्षधर हूँ’- सभापति देउवा

Deuba

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन् । तर अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन् ।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले अभियान सम्बध्द सूत्रले बतायो ।

सभापति देउवाको भनाई उदृत गर्दै सूत्रले भन्यो, “म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ । त्यसैले उपयुक्त समय कुर्नुपर्छ ।”

सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरु मुक्तादेबी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए ।

अभियानले अहिलेसम्म ९ सय पचास महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको जनाएको छ । १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरुको बहुमत समर्थन जुट्ने अभियानको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ