काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा स्याङ्जा जिल्ला कमिटी इन्चार्ज महेन्द्र थापा मगर, जिल्ला कमिटीका अध्यक्ष आरसी भट्टराईसहित जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा जिल्लाका पचासजना भन्दा बढी अगुवा कार्यकर्ता नेकपा (एमाले)मा फर्केका छन् ।
अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा उनीहरूलाई खादा र अबीर लगाई स्वागत गरे ।
एमालेमा फर्कनेहरूमा जिल्ला कमिटीका सचिव श्री बहादुर गुरुङ, उपसचिव राजेन्द्र मरासिनी, सचिवालय सदस्यहरू राजु अर्याल, दयाराम पाठक, गोपाल प्रसाद अर्याल, लोकप्रसाद चापागाई, टक बहादुर नेपाली, अर्जुन खत्री, उदय न्यौपाने, सन्तोष ओस्ती, सुदर्शन घिमिरे, बल बहादुर थापा, मन बहादुर थापा, रेशमराज ढकाल, शिव भट्टराई, रुक्मागत ढकाल, लेखनाथ गहतराज, ध्रुव पाठक, चन्द्र बहादुर थापा, प्रविण कुमार गोर्खाली छन् ।
त्यसैगरी, जिल्ला कमिटी सदस्यहरू हरिबोल लम्साल, बरुण गैहे, सरिता ढकाल, दुकनारायण ढुंगाना, एक नारायण अर्याल, शिवलाल अर्याल, नवदुर्गा कँडेल, रुद्र बहादुर विश्वकर्मा, टिपी लुईटेल, आरती सेन्चुरी, लोकमाया घले, मित्रबन्धु चापागाई, रसुल बक्स मियाँ, ममता गैह्रे, मोहन गिरी, विष्णु ओस्ती, सुनिसरा राना, हरिमोहन भण्डारी, भिम प्रसाद शर्मा, नारायण तिवारी (ख), भागीरथ तिवारी, वरुण चौधरी, वोलराज गौतम, रेशम दर्जी, प्रमोद गैह्रे, ढालबहादुर केसी र आँधीखोला गाउँ कमिटी सचिव थानेश्वर पौडेल पनि नेकपा (एमाले)मा फर्केका छन् ।

उनीहरू जिल्लाका विभिन्न पालिकामा पार्टी कमिटीको नेतृत्वमा थिए । साथै, जिल्लास्थित सबै जनसंगठन र वडा कमिटीहरू पनि नेकपा (एमाले)मा समाहित हुने निर्णय भएको जनाइएको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले घर फर्किएकाहरूलाई भेदभाव नगरी सम्मानजनक जिम्मेवारी दिइने बताए । यसअघि नेकपा एसका तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि नेकपा एमालेमा फर्किएका थिए ।

सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो