काठमाडौंको सीतापाइला नजिकै स्वयम्भूमा दुई छोरी र श्रीमतीको हत्या गरेकाे खुलेको छ । हत्यापछि श्रीमान राजु घिमिरे भनिने काजी बिकले आफैले पनि आत्महत्या गरेका छन्।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परेका थिए ।
ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका हुन् । उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो। दुई तले घरको भुईं तलामा कोठा लिएर बसेका उनीहरुमाथि ह्यामरले हानेको अवस्थामा शव रहेको फेला परेको प्रहरीको भनाई छ।
घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्पर्क गरेका थिए।
बिहान घटना भइसकेपछि सबैलाई मारेँ, अब म पनि मर्छु भनेर सालोलाई फोनमा भनेपछि प्रहरीलाई खबर भएको बुझिन्छ ।
प्रहरीले राजुलाई खोजी गर्दा नागार्जुन नगरपालिका-३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। यसरी एकै परिवारका चारै जना मर्ने मार्ने घटनाको कारणबारे भने खुलिसकेको छैन।
अन्तर्जातिय विवाह गरेका उनीहरूका छोरी पनि राजु पट्टीका हुन् कि होइनन् भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो