काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो सांगठनिक प्रस्तावमा भविष्यमा हुने कुनै पनि निर्वाचनमा गठवन्धन नगर्ने बताएका छन्।
महासमिति वैठकमा पेस गरिएको प्रतिवेदनमा अहिले चलिरहेको सत्ता गठवन्धनसँग पनि मिलेर निर्वाचनमा नजाने स्पष्ट पारिएको हो।
‘पार्टीका सदस्यहरु शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै ताकतमा एक्लै निर्वाचन लड्ने छौं,’ थापाको प्रस्तावमा भनिएको छ, ‘हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’
थापाको यही प्रस्तावलाई लिएर पार्टीभित्र विवाद भएको थियो। सभापति शेरबहादुर देउवाले उक्त प्रस्ताव सच्चाउन केही दिन कोशिस गरेका थिए। तर महामन्त्री थापाले आफू मतदानमा जान तयार रहेको बताएपछि देउवा प्रतिवेदन पेसका लागि तयार भएका थिए।
महासमिति बैठकमा सत्ता गठवन्धनविरुद्धको प्रस्ताव पेस हुन लागेपछि हिजै साँझ सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि देउवा गगनको प्रस्तावमा लचिलो भएका थिए। ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकले उक्त प्रस्ताव पास गरेसँगै आउने निर्वाचनमा एक्लै लड्नुपर्ने दबाब हुने छ।
यस्तो छ महामन्त्री गगन थापाको प्रतिवेदनको पूर्णपाठः
NC pratibedan gagan thapa
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो