पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्याे ।
आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
यस्तै एलबी आरवाइसी काठमाडौं र केआइइसी बुनबीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं क्वाटरमा प्रवेश गर्याे ।
दिव्यज्योती र तारा एफसी ‘बि’ बीच भएको तेस्रोखेल गोलरहित बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ३–२ गोल अन्तरल हराउँदै दिव्यज्योती अन्तिम आठमा प्रवेश गर्याे ।
एलसी ब्रदर्श र मेनीमोरबी भएको चौथो खेलपनि निर्धारित समयमा खेल गोलरहित भएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले एलसी ब्रदर्श विजयी बन्यो ।
पाँचौ खेलमा एट टु नाइनले डिफेण्डिङ च्याम्पियन गन्नी एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे ।
छैटौं खेलमा तारा एफसी ‘ए’ ले म्याक्सवेल एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे ।
सातौ खेलमा रामघाटले भिमकाली क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
यस्तै प्रिक्वाटरफाइनलको अन्तिम खेलमा एनटु क्याफे टुंडिखेलले नमस्ते ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । उनका अनुसार मंगलबार क्वाटरफाइनलका खेल सञ्चालन गरिनेछ भने बुधबार सेमिफाइनल खेल र बिहीबार फाइनल खेल सम्पन्न हुनेछ ।
कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो