लामो समयदेखि भूक्तानी नपाएपछि चितवनका किसानले सडकमै दूध पोखेका छन्।
आइतबार दिउँसो चितवनका दूध किसानले केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेका हुन्। उनीहरूले भूक्तानी नपाएको र उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै ८० लिटर दूध सडकमा पोखेरे बिरोध जनाएका हुन्।
विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भूक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।
संघका अध्यक्ष बिशोर बगालेले पाँच दिनदेखि जिल्लामा उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे।
आफूहरुले प्रदेश सरकार र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई दुग्ध उत्पादक किसानको समस्याका बारेमा जानकारी गराउँदा पनि समस्या समाधान हुन नसकेपछि आन्दोलनमा उत्रनु परेको उनले जानकारी दिए।
‘चितवनका दुग्ध उत्पादक किसानले साउनयताको ५२ करोड निजी डेरी उद्योग र दुग्ध विकास संस्थानसँग लिन बाँकी छ । भुक्तानी समयमा नपाउँदा किसान मारमा परेका छन्,’ उनले भने।
दूधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उनले बताए।
केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानका समस्याप्रति सरकारको ध्यान नपुगेपछि आन्दोलनमा आउनु परेको बताए।
‘विकल्पको खोजीमा हामी धेरै भौँतारियौँ । विकल्प नपाएर सडकमा आएका हौँ,’ उनले भने।
सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले बजारमा प्रतिबन्धित दुग्धजन्य वस्तु आउँदा समस्या भएको बताए। दुग्ध उत्पादक किसानको समस्या समाधान नभए थप आन्दोलनमा जान किसान तयार रहेको उनको भनाइ थियो ।
सम्बन्धित खबर
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्योः चालकको मृत्यु, सहचालक घाइते
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता