तनहुँ । तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका वडा नं. ९ गजौडेका १७ वर्षीया तुलसी गुरूङ रहेका छन् ।
तनहुँ प्रहरीका अनुसार आशबीरको घटनास्थलमै मृत्यु भएको हो भने तुलसीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा आज बिहान ३ः४० बजे मृत्यु भएको हो । तनहुँकै आँवुखैरेनीमा शनिबार राति पनि जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।
गएराति आबुखैरेनी गाउँपालिका– १ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप साढे १२ बजे सडकबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।
घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । यी घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी आँबुखैरेनी–६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी–१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी–६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते भएका छन् । उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो