तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
डुम्रेबाट आँबुखैरेनीका लागि छुटेको बा १६ च ४९१८ नम्बरको जीप अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा जीपमा सवार चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षका सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ घाइते भएका छन् ।
यसैगरी चितवनको इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ र चितवनकै भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ पनि घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिता गर्दै
अलकापुरको रक्तदानमा ४८ युनिट संकलन
कालीगण्डकी कपको उपाधि वडा -७ लाई
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ होः मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा