पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको छ ।
केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भएको छ ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको फागुन ११ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले गर्ने सदस्य सचिव शर्माले जनाएका छन् । प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्न शर्माको अध्यक्षतामा राष्ट्रपति रनिङ शिल्डमा हुने ६ विभिन्न खेलका अध्यक्ष तथा पदाधिकरीहरु सँग शनिबार छलफल गरेको छ ।
सदस्य सचिब शर्माका अनुसार नवलपुर जिल्लाका ६ पालिकाहरुले प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सम्पन्न गर्न ३० लाख सहयोग गर्ने भए संगै प्रतियोगितालाई नवलपुरमा आयोजना गर्न लागिएको बताए । उनले भने–“यो महत्वपूर्ण निर्णय थियो । प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएको बेला नवलपुरका पालिकाहरु अग्रसर भएका छन् । अर्को वर्ष जुन जिल्लाले आयोजना गर्ने हो । त्यहाँबाट प्रतिवद्धता आयो भने हामी यो प्रतियोगिता त्यहीं सञ्चालन गर्छौं र सोही अनुसार झण्डा समेत हस्तान्तरण गर्छौं ।”
फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र÷छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ । उद्घाटन लगायत अन्य कार्यक्रमहरु समेत कावासोतीमा हुने सदस्य सचिब शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक गरी १ हजार ४ सयको हाराहारीमा नवलपुर पुग्नेछन् । सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डक लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् । सदस्य सचिव शर्माले छनौट प्रक्रियालाई पारदर्शी र जिम्मेबार पूर्वक गर्न निर्देशन समेत् दिए । उनले भने–“खेलाडी छनौट गर्दा कुनै समस्य नआओस भन्नका लागि म सबै खेलका प्रतिनिधीहरुलाई सजग गराउन चाहन्छु । खेलाडीको हितका लागि छनौट पारदर्शी हुनुपर्छ ।”
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो