जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा थापालाई उत्कृष्ट इन्चार्जको घोषणा गर्दै पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् । थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् । कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको गण्डकी प्रदेश सरकारको मूल्याङ्कन छ ।
प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको छ ।
स्थापना दिवसको अवसरमा शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुबेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल र जवान उमेश बानियाँ पुरस्कृत भएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने