काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । सो संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
अनेरास्ववियुले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनले मन्त्री ज्वालाको कमजोरीका कारण घटना भएको निष्कर्ष निकालेकाले उनलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।
सो संगठनले यस घटनाका दोषीलाई उन्मुक्ति दिनेगरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्क्याउन तथा यस प्रकारका घटनालाई गम्भीरतापूर्वक लिन गठबन्धन सरकारलाई चेतावनीसमेत दिएको छ । दोषीहरु उपर कारबाही नगरिए सरकारको दण्डहिनतालाई प्रश्रय दिने रबैयाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने समेत विज्ञप्तिमा जनाइएको छ ।
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया जान चाहेका युवाहरुले बालकुमारी गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर युवाहरु वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो । सो घटनामा मन्त्री ज्वालाको गाडीमा आगजनी समेत भएको थियो ।
नेकपा एमालेले पनि मन्त्री ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो