दोस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु

दोस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु

hisan f

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसिले उद्घाटन गरे ।

प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हराएको छ । त्यसै गरी अर्को खेलमा प्रतिभा सेडेन्डरी स्कुलले माउण्ट अन्नपुर्ण सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ३–२ गोल अन्तरले हरायो । निधारी समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हरायो । निधारीत समयमा २–२ गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको हो ।

अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले न्यु मोडल सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । शुक्रबार नै भएको अर्को खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले शिसुनिकेतन स्कुललाई ७–४ गोल, बालविकास इङलिस बोडिङ स्कुल नवलपुरले ग्यान बगैचा इङलिस बोडिङ स्कुल तनहुँलाई ८–१ गोल र त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल टिम ए ले फियुचर ब्राइट बोडिङ स्कुललाई ७–१ फराकीलो गोल अन्तरले हरायो ।

प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले बताए ।

त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमको सहभागीता जनाएका छन् । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds