काठमाडौं । नेकपा एमालेले २ जना केन्द्रीय सदस्यलाई पार्टीबाट हटाएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्धय ऐन महर र सराज अहमद फारुकीलाई कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको हो ।
महर यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि आलोचित बनेका थिए भने आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई पनि जिम्मेवारीबाट हटाईएको एमालेले जनाएको छ । २ नेतालाई कारबाही गर्दै एमालेले पार्टीको शुद्धीकरण अभियान थालेको जनाएको छ ।
यसअघिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विचलन देखा परेको भन्दै चिन्ता व्यक्त गरेको थियो। त्यही सचिवालयको बैठकमा उनले उठाएको पार्टीको शुद्धीकरण र सुदृढीकरणको अभियान फागुन ८ गतेदेखि सुरू हुने केन्द्रीय कमिटीको कार्यसूची बन्ने भएको छ।
केही समयअघि एकजना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक संजालमार्फत बहिरिएको थियो ।
आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको दाबी गरिएको थियो । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका थिए ।
एमालेको भातृ संगठन अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका महर पार्टीमा अध्यक्ष केपी ओलीको निकट मानिन्छन् । गएको प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट उम्मेदवार रहेका उनी एकीकृत समाजवादीका नेता तथा संसद्को शिक्षा तथा स्वास्थ्य एवं सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसँग पराजित भएका थिए ।
यता कारबाहीमा परेका अर्का नेता फारुकी प्रतिनिधि सभाका सदस्यसमेत हुन् । एमाले निकट मुस्लिम संघको अध्यक्षसमेत रहेकी कपिलबस्तुका उनी एमालेबाट समानुपातिक सांसद छन् । पार्टीको अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका फारुकीको सांसद पद पनि धरापमा परेको छ ।
पार्टीले कारबाही गरे र पार्टीको सिद्धान्तभन्दा बाहिर गएका पार्टीले कारबाही गर्न सक्ने कानूनी व्यवस्था रहेको छ । एमालेले यसबारेमा कुनैपनि प्रतिक्रिया जनाएको छैन् । यद्यपि स्रोतका अनुसार तत्काल उनलाई सांसदबाट नहटाउने नेतृत्वको चाहना रहेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो