दाङको घोराहीमा हतियारसहित ड्युटीमा खटिएकी महिला प्रहरीको हत्याभएको छ ।
घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको श्रीमान्को गोली प्रहारबाट बिहीबार राति मृत्यु भएको हो ।
उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । थापालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले पेस्तोलले गोली हानेका हुन् । सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् ।
दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले ड्युटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।
तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरे । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने