काठमाडौँ । फोहोर टिप्ने बहनामा काठमाडौँको विभिन्न स्थानबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरीको टोलीले पाँच भारतीय नागरिकहरूलाई चोरिएका नगद र गरगहना सहित बुधबार काठमाण्डौको जडिबुटीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारतको समस्तीपुर घर भइ हाल काठमाण्डौको तिलगंगा बस्दै आएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत माघ २८ गते गोकर्णेश्वर नगरपालिका–४ मकलबारीस्थित दिलमाया आले मगरको घरमा चोरी भएको थियो । दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर भित्र प्रवेश गरी उनीहरूले सुनका विभिन्न गरगहना र नगद गरी ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।
उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा यही समूहले यसअघि पनि विभिन्न स्थानमा चोरी गर्ने गरेको खुलेको हो ।
उपरीक्षक रेग्मीका अनुसार उनीहरूले यसअघि माघ २४ गते काठमाडौँकै दिनेश घिमिरेको घरबाट सुन र नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । भने, माघ २८ गते गोकणेश्वरमा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पनि खुलेको छ ।
हाल उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको कार्यालयले जनाएको छ ।


सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने