पोखरा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै परिचय खुलेको छ ।
ज्यान गुमाउनेमा रौतहटका नारायणबहादुर भण्डारी, कालीजंग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी, कञ्चनपुरका राहुलराम कामी र उमेश भण्डारी, कञ्चनपुर भीमदत्त नगरपालिका–१६ की सञ्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट, भीमदत्त–९ का विसनदत्त भट्ट र पुनर्वासकी विमलादेवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा भारत उत्तर प्रदेशका सकिल मुसलमानको पनि ज्यान गएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको रात्रिबस सडकबाट २०० मिटर तल खसेको थियो।
प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अरुको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते