आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

badali_mausam_ktm

पोखरा । देशका केही स्थानमा आज बिहीबार बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहको छ।

बिहीबार यस्तै, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds