सुरेशकुमार श्रेष्ठ ७ लाख धरौटीमा रिहा, लेखा समिति सदस्य पौडेल भने थुनामा !

मित्र मिलन सहकारी ठगी काण्ड:

सुरेशकुमार श्रेष्ठ ७ लाख धरौटीमा रिहा, लेखा समिति सदस्य पौडेल भने थुनामा !

mitramilan

मित्र मिलन सहकारी ठगीको आरोपमा फरार भएका सुरेशकुमार श्रेष्ठलाई  जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले ७ लाख धरौटीमा श्रेष्ठलाई बुधबार रिहा गर्ने आदेश दिएका हुन् । धरौटी रकम बुझाएर बुधबार नै श्रेष्ठ रिहा भएका छन् ।

आफैं अदालतमा हाजिर भएका लेखा समितिका सदस्य जनकराज पौडेल भने बुधबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई ठ्याक्कै २ महिनाअघि माघ २ गते न्यायाधीश बसन्तजंग थापाले ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिए । ईजलास नं. ४ मा माघ २ गते भएको आदेश अनुसार

मित्र मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र सदस्य जनकराज पौडेलका विषयमा गरिएको निर्णय शंकास्पद देखिएको छ । संयोजक अधिकारीलाई किन धरौटीमा छोडियो ? यदि एउटै आरोप लागेका सदस्य पुर्पक्षका लागि कारागार चलान भईरहँदा संयोजक अधिकारीले कसरी उन्मुक्ति पाए ? पीडित बचतकर्ताहरुले यतिबेला आक्रोश पोख्दैं न्यायालयको निर्णयप्रति नैं आशंका व्यक्त गरेका छन् ।

लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई यहीं माघ २ गते न्यायाधीश बसन्तजंग थापाले ७ लाख धरौंटीमा रिहा गर्ने आदेश दिएका थिए । लेखा समितिका संयोजक अधिकारी र सदस्य पौडेललाई सरकारी वकिलको कार्यालय, प्रहरी अनुसन्धान र वित्तीय छानबिनका क्रममा एकै खालको आरोप र कारवाहीको माग गरिएको थियो ।

मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ११ जना मात्र पक्राउ परेका छन् । यसअघि पक्राउ परेका मध्ये ४ जना धरौटीमा छुटिसकेका थिए भने बाँकी ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कास्की अदालतले यसअघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख), पूर्वअध्यक्ष कृष्णबहादुर राउत (१२लाख), हरेराम भण्डारी (७ लाख) लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

यसअघि, कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।

सम्बन्धित समाचारः

आरोपित हरेराम भण्डारी ७ लाख धरौटी बुझाएर रिहा

पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा

उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे

लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा

मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds