काठमाडौं- नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ।
साथै प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उल्लेखित व्यहोरा अवगत गरी सम्बन्धित निकायमा आवश्यक कारबाही गर्न/गराउन अनुरोध गरेको छ।
स्याङ्जामा शर्मा, राउत शान्ति सुरक्षा महाशाखा सरूवा
सरुवासङ्गै शालिग्राम शर्मालाई स्याङ्जा प्रहरीको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका प्रहरी प्रमुख संजय बहादुर राउतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अवदेश विष्ट क्षेत्रीलाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरी सरुवा गरिएको छ भने प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखाका केदार खनाललाई विषेश सुरक्षा गण, बेलचौतारा,तनहुँमा सरुवा गरिएको छ ।
बागलुङमा ऋषिराम कँडेल आएका छन् । धादिङमा गौतम मिश्रको सरुवा भई गौतमकुमार केसी आएका छन् । गोरखामा अख्तियारबाट बासुदेव पाठक आएका छन् ।
साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटीका नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा सरुवा गरिएको छ ।
मंगलबार सरुवा भएका एसपीहरुको सूची यस्तो छ
sp
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो