पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –६ स्थित शिखरडाँडा चिदिसामा हिजो भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार साँझ ५ बजे दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा तिनाउ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । दुर्घटनामा बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गिता सुनार, देवदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाका दिल कुमारी सुनार र विष्णुकला कामी रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ ।
चालक तानसेन नगरपालिका १० का दान बहादुर चिदिलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । १३ जनाको सिट पास हुने जिपले क्षमताभन्दा धेरै यात्रु बोकेको पाइएको प्रहरीको जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो