म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

46686221-1d85-455c-a07a-fca4dce906b6

पोखरा । पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन बिहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बिच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए ।

उनले अघिल्ला संस्करणमा भएका कमीकम्जोरीलाई आत्माआलोचना गर्दै थप सुधारिएर जाने समेत सुनाए । ‘हामी हाम्रा सवारी त्यो दिनका लागि कसरी छुट्ने भन्ने व्यवस्था मिलाउँछौं’ उनले भने, ‘छोटो बाटोमा रोक्न हामीलाई समस्या हुँदैन विदाका दिन पनि भएकाले ५० प्रतिशत त त्यसै कम हुन्छ ।’ उनले प्रा.लि.को तर्फबाट पोखरा म्याराथनलाई २५ हजार पाँच सय २५ रुपैयाँ नगद समेत सहयोग गर्ने घोषणा गरे ।

पोखरा यातायात प्रा.लि.का एमडी देवी कुइकेलले ट्याक्सी व्यवसायीहरुसँग समेत सहकार्य गरेर उक्त दिन रुटमा धावकलाई असर नपर्ने गरी व्यवस्थापनमा जोड दिने बताए । उनले विहानको समय र विदाको दिन पनि भएकाले आफुहरुले सहजीकरण गरी म्याराथनलाई सफल बनाउन जोड दिने सुनाए । पोखरेली ट्याक्सी व्यवसायी प्रा.ली.का अध्यक्ष शोभाकान्त पौडेलले रुटमा पर्ने ट्याक्सी इकाइलाई मात्र नभई सबैलाई म्याराथनको बारेमा जानकारी गराउँदै उक्त दिन म्याराथनको समयमा सवारी नचलाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायमा असर पर्ने कुरा सुनाउँदै त्यो फरक पाटो रहेपनि म्याराथनलाई पूर्ण सहयोग गर्ने बताए ।

उनीहरुले विहान १० बजेसम्म सवारी नचलाउने र अत्यावश्यक परेर चलाउन परेमा धावकलाई असरै नपर्ने गरी चलाउने प्रतिबद्धता व्यक्त गरे । तर, नीजि सवारीहरुले धावकलाई असर पार्न सक्ने भन्दै उनीहरुले त्यसका लागि आयोजकले विभिन्न सामाजिक सञ्जाल, एफएम रेडियो, अनलाइहरुबाट सूचना प्रवाह गर्न समेत सुझाव दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यातायात व्यवसायीले म्याराथनको समयमा सवारी नचलाएमा आफुहरुलाई त्यति चुनौती नहुने बताए । उनले ट्राफिक प्रहरीले त्यसका लागि योजना बनाएको र मुख्य स्थानमा आयोजकको स्वयम् सेवकसहित ट्राफिक प्रहरी रहने सुनाए । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता दिएकोमा खुसी व्यक्त गरे । सुरक्षा समन्वय उपसमितिको आयोजनामा कार्यक्रम भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds