स्याङ्जामा विवाहकै दिन एक जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । विवाह पश्चात् घरमा बेहुली भित्र्याउने क्रममा ती जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
गत माघ ११ गते पुतलीबजार नगरपालिका-७ कि १७ वर्षीय किशोरी घरबाट कसैलाई नसोधी हिँडेपछी सम्पर्कविहीन थिइन् । परिवारको सम्पर्कमा नआएपछि किशोरीकी आमाले सोही दिन प्रहरीमा छोरी हराएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
रानाले बालिका हराएको उजुरीको सातौं दिनमा पुतलीबजार नगरपालिका-४ का १८ वर्षीय किशोरसंग बालिकाको बालविवाह हुन लागेको सूचना आएको बताए । हराएकी बालिका विवाह गर्ने तयारीमा रहेको खबर आएपछि ती जोडीबीच बालविवाह भएको हो वा होइन भन्ने विषयको अनुसन्धान गरी प्रहरीले बालविवाह गरेको प्रमाणित भएसङ्गै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।
केटाको घर नजिकै रहेको शिव मन्दिरमा बाजा बजाएर तामझामका साथ विवाहका सबै रीत पूरा भइसकेको थियो । घरमा बेहुली भित्र्याउन केही समय मात्र बाँकी रहँदा जोडीलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले विवाहमा बालिका पक्षको संलग्नता नरहेपनि बालविवाहमा जन्तीसहित केटा पक्षको संलग्नता रहेको बताए ।
डिएसपी रानाले बालविवाह पुष्टि भएसङ्गै पक्राउ गरिएको जोडीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिए । उनले दुईजनाबीच प्रेमपछि विवाह भएको अनुमान गरिएको र आवश्यक अनुसन्धान गरिरहेको बताए ।
डिएसपी रानाले २० वर्ष नपुगी गरेको विवाहलाई कानुनी मान्यता नदिने भएकाले उक्त विवाह कानुनतः बदर हुने बताए । विवाह गर्ने जोडीलाई मुलुकी अपराधसंहिता,२०७४ अनुसार विवाह कसुरमा कारबाही हुनेछ । नेपालको कानुनमा २० वर्षभन्दा पहिला विवाह गर्ने जोडीलाई तीन वर्ष जेल र तीस हजार रुपैयाँसम्मको कारबाही हुने उल्लेख गरिएको छ ।
किशोरी ११ कक्षामा अध्ययनरत छन् भने १२ कक्षा अनुत्तीर्ण भएपछि किशोरले टेम्पु चलाउँदै आएका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो