बर्दियाको ठाकुरबाबामा प्रज्ञा प्रतिष्ठान गठन

बर्दियाको ठाकुरबाबामा प्रज्ञा प्रतिष्ठान गठन

Thakurbaba-Pargya-Partistha

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बहुप्रतिक्षित नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ ।

ठाकुरबाबा नगरपालिका प्रज्ञा प्रतिष्ठान ऐन २०८० बमोजिम चुरे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद पौड्याल अध्यक्ष रहेको ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए ।

प्रतिष्ठानको उपाध्यक्षमा खगेन्द्रप्रसाद उपाध्याय (खगेन्द्र नेपाल) तथा सदस्यहरूमा जीवराज पाण्डेय, भिख्खुराम थारु, रमेशकुमार घर्ती, जयाराम विक, लक्ष्मी पौडेल, रिना शाही सदस्य र नगरपालिकाको शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी सदस्य सचिव रहेका छन् ।

ठाकुरबाबाले आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा प्रज्ञा प्रतिष्ठानका लागि १० लाख विनियोजन गरेको थियो ।

समृद्धिका लागि जनसहभागिता भन्ने मूल नाराका साथ सम्पन्न नवौं नगरसभाले नगर स्तरीय प्रज्ञा प्रतिष्ठानका लागि बजेट विनियोजन गर्ने ठाकुरबाबा लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह बनेको थियो तर प्रतिष्ठान गठन नहुँदा बजेट फ्रिज भएको थियो । अहिले भने कानुन बनाएर प्रतिष्ठान गठन गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds