पोखरा भारतीय सुन कारोबारी स्रोत नखुलेको ठूलो मात्रामा सुनचाँदी र नगदसहित पक्राउ

अवैध सुन कारोबार

पोखरा भारतीय सुन कारोबारी स्रोत नखुलेको ठूलो मात्रामा सुनचाँदी र नगदसहित पक्राउ

arrest-pakrau

पोखराको मोहरियाटोलमा सुनचाँदी कारोबार गर्दै आएका एकजना भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्रामा सुन, चाँदीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेको प्रहरी स्रोतले जनाएको छ । भौमिकले पोखरा वडा नं. २ भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले स्रोत नखुलेको सुनचाँदी र नगदसहित एकजना पक्राउ परेको पुष्टि गरे ।

उनलाई मोहरियाटोलबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । तर, कति परिमाणमा बरामद भयो भन्ने बारेमा अहिले नापतौलको काम भइरहेको उनले जनाए ।

पक्राउ परेकालाई साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको उनले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ