स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको प्रथम प्रदेश भेला

स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको प्रथम प्रदेश भेला

घर्तीको संयोजकत्वमा २१ सदस्यीय कमिटि पुनर्गठन

sthaniye karmachari (1)

स्थानीय सेवा कर्मचारी सञ्जाल, नेपाल गण्डकी प्रदेश कमिटिको प्रथम प्रदेश भेला सम्पन्न भएको छ । भेलाले कमल घर्तीको संयोजकत्वमा गठित समितिलाई पूर्णता दिँदै २१ सदस्यीय कमिटि पुनर्गठन गरेको छ ।

भेलाको गण्डकी प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले उद्घाटन गरिन् । उक्त कार्यक्रममा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका केन्द्रीय संयोजक दीपक गौतमले आन्दोलनका क्रममा सरकारसँग भएको १९ बुँदे सम्झौता तुरुन्त कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

उनले केन्द्रीय समिति सम्झौता कार्यान्वयनका लागि अनवरत लागिरहेको जनाउँदै सरकारले कार्यान्वयन नगरे आन्दोलनमा उत्रने चेतावनी पनि दिए ।

कार्यक्रममा राष्ट्रिय ट्रेड यूनियनका प्रतिनिधिको सहभागिता थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ