पोखरा। रातको समय यात्रुहरूलाई डर त्रास देखाई बाटो छेकी लुटपाट गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
रातको समयमा यात्रुहरूलाई बाटो छेकी डर त्रास देखाएर लुटपाट गरेको अभियोगमा स्याङ्गजा घर भइ हाल पोखरा महानगरपालिका -९ पृथ्वीचोक बस्दै आएका २४ वर्षीय आदर्श देवकोटालाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय वैदामले दिएको जानकारी अनुसार गएको शनिबार राति अन्दाजी १० बजेको समयमा सभागृहचोक स्थित सडकमा हिंडिरहेका एक पैदलयात्रुलाई देवकोटासहित अन्य तीनजनाले बाटोमा रोकेर गाली गलौज र डर त्रास देखाई यात्रुको एक हजार ३ सय लुटेर भागेका थिए।
यात्रुले आफू लुटिएको भन्ने सूचना तत्काल प्रहरीलाई जानकारी गराएपश्चात वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले भाग्दै गरेको अवस्थामा देवकोटालाई पक्राउ गरेको हो।
घटनामा संग्लग्न अन्य दुई जना फरार छन्। फरार अन्यको खोजी भइरहेको र पक्राउ परेका देवकोटा विरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको वडा प्रहरी वैदामले जनाएको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने