लायन्सको गभर्नर बन्दै थापा, भाइस गभर्नरमा मल्ल र बास्तोलाको उम्मेदवारी

लायन्सको गभर्नर बन्दै थापा, भाइस गभर्नरमा मल्ल र बास्तोलाको उम्मेदवारी

milan thapa and

पोखरा । ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट जे’ नेपाललाई महिला उद्यमी मिलन थापाले नेतृत्व गर्ने भएकी छन् । आगामी लायन वर्षको लागि उनी लायन्सको डिष्ट्रिक्ट गभर्नर बन्दैछन् ।

थापासँगै डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा मिलनबाबु मल्ल निर्वाचित हुनेछन् । डिष्ट्रिक्टमा सहमतिमा नेतृत्व चयन गर्ने गरी सेकेण्ड भाइस गभर्नरमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भएको छ ।

सेकेण्ड भाइस गभर्नरमा प्रजापति बास्तोलाले उम्मेदवारी दिएका छन् । तीनै जनाले पोखरामा हालै आयोजित एक कार्यक्रमबीच आगामी नेतृत्वको लागि मनोनयन दर्तासमेत गरिसकेका छन् ।

सेकेण्ड भाइस गभर्नरका उम्मेदवार बास्तोला सन् १०९९ को जनवरीदेखि लायन्समा सक्रिय छन् । लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष बास्तोलासँग डिष्ट्रिक्टका विभिन्न जिम्मेवारी बहन गरेको अनुभव छ । बर्तमान लायन वर्षमा उनी डिष्ट्रिक्ट चिफ एडभाइजर भएर काम गरिरहेका छन् ।

डिष्ट्रिक्टको कन्भेन्सन चैत ३ गते पोखरामा हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ