काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शनिबार अपराह्न ४ः३० बजेतिर घरको चौथो तलाबाट हाम फालेकी ३६ वर्षीया रबिना महर्जनको मृत्यु भएको हो । उनको उपचारको क्रमाम किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीको पनि मृत्यु भएको छ । रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थामा भेटिएका थिए। उनीहरुको उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए।
के कारणले घटना भएको बारे खुलिनसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते