पोखरा । बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् ।
पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो ।
शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो ।
उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो भने, बगरले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यस्तै अत्यन्तै रोमाञ्चक बनेको ४० वर्षमाथि समूहको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौंडालाई सडन डेथमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी भएपछि सडनडेथमा ८–७ को जित निकालेको हो । सडनडेथसम्म पुग्दा कुल १०–१० पेनाल्टी प्रहार गरेका थिए । उपाधिसँगै जोरपाटीले दुई लाख रुपैयाँ हात पार्दा नागस्वेतीले एक लाख रुपैयाँ प्राप्त गर्यो ।
नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित भए । उनी प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । टोलीलाई उपाधि चुमाउन फाइनलमा उनको खेल निकै प्रसशां योग्य थियो । उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा घोषित भए । प्रशिक्षकतर्फको समेत जोरपाटीकै पोल्टामा रह्यो । बुद्ध लामा उत्कृष्ट प्रशिक्षण घोषित भए । उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा घोषित भए । डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत उत्कृष्ट घोषित भए । विधागततर्फका सबै विजेताले ट्रफीसँगै नगद पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरे ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो